प्यूठान । प्यूठानमा बुधबार साँझ भएको सवारी जीप दुर्घटनामा घाईते भएक एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नम्वर १ दाङवाङ निवासी ६५ वर्षीय सुकबहादुर नेपालीको उपचारका लागि जिल्ला बाहिर लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
बुधबार साँझ लु १ ज १६६९ नम्वरको यात्रुबाहक जीप ऐरावती गाउँपालिका वडा नम्वर २ स्थित विरिवाङ खोलामा दुर्घटना हुँदा १४ जना घाईते भएका थिए । ७ जनालाई उपचारका लागि विजुवार ल्याइएको थियो ।
पुरनठाँटी स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर घाईतेलाई विजुवार पठाइएको थियो । उकालो बाटोमा गाडी ब्याक भएर दुर्घटना भएको बताइएको छ । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



S.K. Creative Media Group