प्यूठान । झिमरुक गाउँपालिका प्यूठानले क्याम्पस तथा विद्यालयमा अध्यनरत विद्यार्थीको लागि कानूनी शिक्षा कार्यक्रमको शुभारम्भ गरेको छ । शनिवारदेखि वडा नम्वर २ स्थित बलभद्र माध्यमिक बिद्यालय बाँदीकोट र वडा नम्वर ५ स्थित हिरापोखरी माध्यमिक बिद्यालयबाट यो कार्यक्रमको शुभारम्भ गरिएको हो ।

झिमरुक गाउँपालिकाको न्यायीक समिति मार्फत प्रत्येक वर्ष कानूनी शिक्षा कार्यक्रम संचालन गरिदै आएको छ । अघिल्लो आर्थिक वर्षदेखि थालिएको कानूनी शिक्षा कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिएको पालिकाले जनाएको छ ।

विद्यालय तहदेखि बालवालिकाहरुलाई कानूनी शिक्षा दिएमा मात्र भविष्यको रेखा कोर्न सहज हुने भएकाले यस्तो कार्यक्रमको अवधारणा अघि सारिएको गाउँपालिका उपाध्यक्ष एवं न्यायीक समितिका संयोजक प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।

स्थानीय सरकार गठन, संचालन, सेवा प्रवाह, विकास निर्माण सहित पालिकामा गठित न्यायीक समिति मार्फत हुने सेवाको वारेमा विद्यार्थीहरुलाई अभिमुखीकरण गराइएको उहाँले जानकारी दिनुभयो ।

न्यायीक समितिका संयोजक पोख्रेल सहित अदालत प्यूठानका श्रेस्तेदार राजेन्द्रकुमार शर्मा, जिल्ला सरकारी वकिल कार्यालय प्यूठानका जिल्ला न्यायधिवक्ता जयप्रसाद धितालले विद्यार्थीहरुलाई प्रशिक्षण गर्नुभएको थियो ।

पहिलो दिनको कार्यक्रममा दुवै विद्यालयमा गरी शिक्षक विद्यार्थी सहित करिव दुई सय जना सहभागी भएको पालिकाका न्यायीक समितिका फोकल पर्सन एवं प्रशासकीय अधिकृत यामलाल पोख्रेलले बताउनुभयो ।

पालिकाले यो कार्यक्रम माध्यमिक तहका सवै विद्यालयमा संचालन गर्ने योजना बनाएको छ । पालिकाभरी कुल सामुदायिक र संस्थागत गरी १४ वटा माध्यमिक विद्यालय र एउटा गौमुखी क्याम्पस संचालन रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय