प्यूठान । ऐरावति गाउँपालिकामा युवाहरुको लागि साईवर क्राईम सम्बन्धि कानुनी सचेतनामुलक कार्यक्रम गरिएको छ । २७ औं अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा गाउँपालिकाको सभाहलमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जिल्ला टाफिक कार्यालय प्यूठानका प्रमुख बिष्णु प्रसाद न्यौपानेले सड्क दुर्घटना हुनुको कारण, सवारी चालक तथा सहचालकले ध्यान दिनुपर्ने कुराहरु, ओभर ट्याक गर्ने तरिकाहरु, गति नियन्त्रण, लेन अनुशासन जस्ता टफिक सचेतनाका बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब निरीक्षक दिलिप कुमार चौधरीले साईबर क्राईम, साईबर मानहानी, छलकपट, सामाजिक ईन्जीनियरिंग, साईबर सुरक्षा सम्बन्धी सुझावहरुका बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले ऐरावती गाउँपालिकालाई सबल बनाउनका लागि यूवाहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । यूवाहरुलाई सामाजिक सञ्जालको सही तरिकाले प्रयोग गर्न समेत उहाँँले आग्रह गर्नुभयो । साथै प्रस्तुतीकरणमा सिकेका कुराहरुलाई आगामी दिनमा यसबाट सचेत हुनुपर्नेमा समेत जोड दिनुभयो ।

 

ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरद गौतम , वडा नम्बर २ का वडा अध्यक्ष भिमेश कुमार घर्तिमगर , ५ नम्बर वडा अध्यक्ष चन्द्र बहादुर रोका मगर , कालिका विकास केन्द्रका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद राजभण्डारी ,६ वटै वार्डबाट युवा र बालबालिकाको उपस्थिति रहेको थियो ।

ऐरावती गाउँपालिका स्थानीय युवा परिषदको आयोजना तथा कालिका बिकास केन्द्र स्ट्रोम फाउन्डेसनको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय