प्यूठान । झिमरुक गाउँपालिका–२ मा दलित तथा विपन्न वर्गका महिलाहरूको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले डलकुसन निर्माण सम्बन्धी सीप विकास तालिम सुरु भएको छ । मंगलबार वडा कार्यालयमा सुरु भएको तालिमको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले उद्घाटन गर्नुभएको हो ।
​
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष क्षेत्रीले स्थानीय नागरिकलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर र स्वरोजगार बनाउन गाउँपालिकाले प्राथमिकता दिएको बताउनुभयो । उहाँले सहभागीहरूलाई मेहनत र लगनशीलताका साथ सीप सिक्न आग्रह गर्दै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारी सफल उद्यमी बन्नुपर्नेमा जोड दिनुभयो ।
​
वडाका कार्यवाहक अध्यक्ष बेगम पोख्रेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रपछि सुरु भएको यो तालिम १५ दिनसम्म सञ्चालन हुनेछ । पालिकाको आयोजनामा भएको तालिममा वडाका २५ जना स्थानीय महिलाहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय