प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले करणी सम्बन्धी कसुर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्यूठान नगरपालिका- ९ घर भइ हाल दाङको लमही नगरपालिका-५ आनन्दनगर टोल बस्ने २२ वर्षीय जिबन बस्नेतलाई प्यूठान प्रहरीले पक्राउ गरेको हो ।
बस्नेत विरुद्ध जिल्ला अदालत दाङबाट पक्राउ पुर्जी जारी भएको थियो ।
बस्नेतलाई अड्डासार गर्दै वडा प्रहरी कार्यालय लमहि पठाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

S.K. Creative Media Group