काठमाडौं । ओमान सिरिजमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । घरेलु टोली ओमानलाई ११३ रनले पराजित गर्दै नेपालले सिरिजमा आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ ।
नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमा अलआउट भयो ।
यो जितपछि लिग २ अंकतालिकामा छैटौं स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक भएको छ । ओमान ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ ।
नेपालले अब अर्को खेलमा आगामी शनिबार क्यानडासँग खेल्नेछ ।

S.K. Creative Media Group