नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११, लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
सोमबार बिहान करिब ६:४० बजे धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २५ जना सामान्य तथा मध्यम घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ ।
यात्रुबाहक बस दुर्घटनाबारे थप अनुसन्धान प्रहरीले थालेको जनाएको छ ।घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।


S.K. Creative Media Group