प्युठान । ऐरावती गाउँपालिकाले बरौलामा गरिएको निशुल्क स्क्रीनिङ्ग शिविरमा विभिन्न स्त्रीरोग सम्बन्धि समस्या भएका १ सय ४ जना महिलाले सेवा लिएका छन् । बुधबार पुरन्ठाँटी स्वास्थ्य चौकीमा भएको शिविरमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, तथा आङ खस्ने समस्या भएका स्थानीय महिलाहरुले निशुल्क सेवा लिएका हुन ।

गाउँपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्यको पहुँच जन स्तरसम्म पुर्याउने लक्ष अनुसार महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्वन्धी जाँच निशुल्क रुपमा सेवा दिएको ऐरावती गाउँपालिका अध्यक्ष नबिल बिक्रम शाहले जानकारी दिनुभयो । पालिकाले अन्य स्वास्थ्य संस्थाहरुबाट पनि यो सेवा बिस्तार गर्दै लैजाने र यस्ता समस्या भएकाहरुका महिलाहरुको लागी क्रमश निशुल्क शिविर संचालन गरि उपचार सेवा दिने अध्यक्ष शाहले बताउनुभयो । स्थानीय स्तरमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दै गएको भन्दै गाउँपालिकाले निशुल्क शिविरको आयोजना गरेको उहाँले बताउनुभयो ।

पाठेघरको मुखको क्यान्सरको जाँच, स्तन क्यान्सर, तथा आङ्ग खस्ने समस्या भएका महिलाहरुका लागी शिविरमा फाइदा पुगेको स्वास्थ्य शाखा सह-संयोजक सेर सिंह थापा मगरले बताउनुभयो । शिविरमा युटेरस पोल्याप्स फस्ट डिग्रीको १ जना, युटेरस पोल्याप्स सेकेण्ड डिग्रीको १ जना,युटेरस पोल्याप्स फोर्थ डिग्रीको १ जना र पिआईडी समस्या भएको ७ जना पत्ता लागेको समेत उहाँले बताउनुभयो। साथै १ जनालाई रिङ्ग प्रेसरी राखिएको र २ जनालाई थप उपचारका लागि रिफर गरिएको उहाँले बताउनुभयो । निशुल्क शिविरमा बिरामीलाई आवश्यकता अनुसार औषधि समेत दिएको थियो ।

गाउँकै स्वास्थ्य चौकीमा सेवा पाउँदा स्थानीय आमाहरू खुशी भएका छन् । यस्ता कार्यक्रमको निरन्तरता दिनको लागि सुझाव दिएका छन् । उक्त शिविरको आयोजना ऐरावती गाउँपालिकाले गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय