बुटवल । लुम्बिनी प्रदेश सभाका विषयगत समितिका सदस्य र सचिबहरुको लागि प्रभावकारी समिति संचालन र तथ्यमा आधारित कानुन निर्माण तथा संसदीय निगरानी सम्बन्धि अभिमुखीकरण कार्यक्रम बुटवलमा सुरु भएको छ ।

प्रदेश सभा सचिवालयको सहकार्यमा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रमको आयोजनामा दुई दिने अभिमुखिकरण संचालन गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले अभिमुखीकरण कार्यक्रमले विषयगत समितीलाई प्रभावकारी रुपमा काम गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो । सभा बैठक संचालन नभएको अवस्थामा पनि प्रदेश सभालाई गतिशील बनाउन विषयगत समिति क्रियाशिल हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले विधेयक नआएको अवस्थामा संसदीय निगरानीलाई अघि बढाउन समितिलाई निर्देशन दिनुभयो । उहाँले धेरै कानुन पुराना र भद्दा भएकाले यसलाई समष्टिगत रुपमा परिमार्जन गरि सरलीकृत गरिनु पर्ने आवश्यक रहेको बताउनु भयो ।

अभिमुखिकरण कार्यक्रममा नेपाल कानुन आयोगका सचिव तोयानाथ अधिकारी , संविधान सभा सदस्य बरिस्ठ अधिबक्ता खिमलाल देवकोटा, वरिष्ठ अधिबक्ता संविधान सभा सदस्य कृष्णभक्त पोख्रेल, संविधान सभा सदस्य तथा पुर्ब उप सभामुख पुष्पा भुसालले सहजीकरण गर्नुहुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय