प्यूठान । प्रतिनिधिसभा सदस्य सूर्य थापाले जिल्लाका महत्त्वपूर्ण प्रमुख सडक निर्माण कार्य अघि बढाउन संसदमा ध्यानाकर्षण गराउनुभएको छ । संसदको शुन्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य थापाले प्रमुख सडकको निर्माणलाई प्राथमिकता दिएर अघि बढाउन माग गर्नुभएको हो ।

उहाँले बाग्दुला-मच्छी -ठूलाबेसी-भीमगिठे सडक,भालुबाङ-प्यूठान सडक, मदन भण्डारी राजमार्ग सिमलटारी-सौतामारे-मच्छी खण्ड, गच्छेगैरा-गोखुङ्गा-खरिबोट-बाग्दुला खण्ड, जीवराज आश्रित-कृष्णसेन इच्छुक (रामपुर-कपुरकोट)मार्गको प्यूठान खण्डको काम अघि बढाउन माग गर्नुभएको छ ।

सांसद थापाको ध्यानाकर्षण मन्तब्य
१. बाग्दुला-मच्छी -ठूलाबेसी-भीमगिठे (७१ किमी) सडक विगत दश वर्षदेखि अलपत्र परेको छ । यसको ठेक्का छिटोभन्दा छिटो लगाउन र निर्माण कार्य तत्काल अघि बढाउन ध्यानाकर्षण गर्दछु ।

२.भालुबाङ-प्यूठान मोटरबाटो विगत ७० वर्षदेखि निर्माणाधीन अवस्थामै छ । यसलाई दुई लेनको बनाउने कार्यक्रमका लागि सभामुख महोदयमार्फत अर्थ र भौतिक योजना मन्त्रालयको विशेष रुपमा ध्यानाकर्षण गराउन चाहन्छु । यसको एतिहासिकता मेटाउने गरी अन्यत्र मोड्ने दुषित र अनुचित कार्य अविलम्ब सच्याउन माग गर्दछु ।

३. मदन भण्डारी राजमार्ग सिमलटारी-सौतामारे-मच्छी खण्डको निर्माणमा तीव्रता दिन जोडदार माग गर्दछु । साढे २ अर्बको ठेक्का लागेकामा अत्यन्त न्यून बजेट ४६ करोड मात्र विनियोजन गरिएकाले निर्माण कार्य प्रभावित भएको छ। गच्छेगैरा-गोखुङ्गा-खरिबोट-बाग्दुला खण्डको छिटोभन्दा छिटो ठेक्का लगाउने प्रक्रिया अघि बढाइयोस् भन्ने जोडदार माग गर्दछु ।

४.जीवराज आश्रित-कृष्णसेन इच्छुक (रामपुर-कपुरकोट)मार्गको चुकाखोला-चुँजाठाँटी, खलंगा ब्यारेक-बिजुवार र बर्जिबाङ-जलुके- चिराबारी- धनबाङ- स्वर्गद्वारी – नस- होलेरीसम्म प्यूठानमा पर्ने ६७ किमी सडक खण्डको निर्माण कार्य छिटो पूरा गर्ने गरी बजेटको प्रबन्ध गरियोस् भन्ने जोडदार माग गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय