प्यूठान । नेपाल पत्रकार महासंघ प्यूठानले पदमप्रसाद पोखेलमाथि काठमाडौं महानगर प्रहरीले गरेको आक्रमणको बिरोध गरेको छ । काठमाडौंको सुन्धारामा सडक व्यापारीहरुलाई हटाउने क्रममा भिडियो खिचिरहेका पोखेललाई आक्रमण गरेकोप्रति महासंघले बिरोध जनाएको हो ।
आफ्नो परिचय पत्र देखाउँदा देखाउदै कुटपिट, धरपकड र परिचयपत्र, मोबाईलफोन, क्यामेरा, ल्यापटप तथा अन्य कागजपत्रहरु जफत गरेको पिडित सञ्चारकर्मी पोखेलले बताउनु भएको छ। घाईते पत्रकार पोखेल राष्ट्रिय ट्रमा सेन्टरमा उपचारपछी अहिले आराम गरिरहनु भएको छ ।
“आफुलाई पत्रकार भनेर चिनाउँदा चिनाउदै महानगर प्रहरीले गरेको यस्तो कार्य संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा विरोधि कार्य भएको महासंघको ठहर छ,” प्रेअ बिज्ञप्तीमा भनिएको छ, “यसप्रकारको संविधान विरोधि कार्य नगर्न हामी महानगरको ध्यानाकर्षण गराउँदछौं ।”