काठमाडौं । वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलको उपाधि जोर्डनले जितेको छ । बिहीबार मध्यरातमा साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो ।

यसअघि निर्धारित समयमा खेलिएको खेल २–२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। नेपाललाई हराउँदै जोर्डन छैटौँ पटक च्याम्पियन बनेको हो। जोर्डनसँग पराजित भएसँगै नेपालले खेलेको ११ औँ फाइनलमा आएर पनि उपविजेतामा नै सीमित बनेको छ।

फाइनल खेलमा जोर्डनलाई कडा चुनौती दिएको नेपालले पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको हो। फिफा बरियतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय