प्यूठान । प्यूठान सहित देशका विभिन्न ठाउँमा हल्का वर्षा भएको छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य वर्षा भइरहेको छ ।

पश्चिमी वायुको प्रभाव क्रमशः पूर्वतर्फ सर्दैगएकाले राति बागमती र कोशी प्रदेशमा पनि हल्का वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । भोलि पनि देशका सबै भू-भागको मौसम आंशिकदेखि पूर्णतया बदली रही केही भू-भागमा सामान्य वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय