काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण लिनु भएको छ । सोमबार नयाँ गठबन्धन बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्रीलाई नियुक्त गर्नुभएको हो ।
नयाँ बनेको गठबन्धनमा सपथलिने मन्त्रीहरुमा नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल हुनुहुन्छ।
राष्ट्रपतिको कार्यालय शितल निवासमा आज राष्ट्रपति रामचन्द्र पौडेल नवनियुक्त मन्त्रीहरुलाई मन्त्रीपदको सपथ ग्रहण गराउनु भएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, सभामुख देवराज घिमिरे, प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । नवनियुक्त मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन ।
आज सपथ लिने तीनै जना दोस्रो पटक मन्त्री हुनुभएको हो । नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ यसअघिनै खेलकुद मन्त्री यस्तै नेकपा एमालेका पदम गिरी स्वास्थ्यमन्त्री र रास्वपाका डोलप्रसाद अर्याल श्रममन्त्री हुनुभएको थियो ।