प्यूठान । माध्यमिक शिक्षा परीक्षा (एसइइ) आजदेखि शुरु हुँदैछ । प्यूठानमा जम्मा ३ हजार ९७६ जना परीक्षार्थीले यो वर्ष एसइइ दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले जनाएको छ ।
नियमित तर्फ ३ हजार ९४५ र ग्रेड वृद्धि तर्फ ३१ जना परीक्षार्थी रहेका छन् । जिल्लामा ७३ वटा सामुदायिक विद्यालय र ७ वटा संस्थागत विद्यालयबाट परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षा सञ्चालनका लागि जिल्लामा १६ वटा परीक्षा केन्द्र तोकिएको छ । प्यूठान नगरपालिकामा ४ वटा, झिमरुक गाउँपालिकामा ३ वटा, स्वर्गद्धारी नगरपालिका र मल्लरानी गाउँपालिकामा २ वटा र अरु पालिकामा १ वटा परीक्षा केन्द्र रहेका छन् ।
परीक्षार्ला शान्तिपूर्ण र मर्यादित बनाउनका लागि भूमिका खेल्न शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले सवै सरोकारवालासँग आग्रह समेत गरेको छ ।