जाजरकाेट । जाजरकोटमा भूकम्प प्रभावितको चिसोका कारण थप एक जनाको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुता पुनको अत्यधिक चिसोका कारण ज्यान गएको हो ।

जिल्ला अस्पताल जाजरकोटमा चिसोका कारण बिरामी भएकी निरुता पुनको आज साेमवार उपचारका क्रममा ज्यान गएको बताइएको छ । जाजरकोटमा मात्र चिसोका कारण ज्यान गुमाउने भूकम्प पीडितको सङ्ख्या नौ जना पुगेको छ । चिसोले मानिसको ज्यान जाने यो संख्या निकै धेरै हो ।

 

भुकम्प प्रभावित क्षेत्रमा घरबारविहीनहरु त्रिपालमुनिको बसाइले स्वास्थ्यमा निकै प्रतिकूल असर गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सबैभन्दा धेरै बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित रहेका छन् ।

 

पछिल्लो समय चिसो बढेसंगै खास गरेर बालबालिका र वृद्धवृद्धामा निमुनिया, श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । भेरी नगरपालिका वडा नम्बर १ र २ मा मात्र करिब २५ बढी बालबालिका बिरामी परेका छन् ।

महा भुकम्पको कारण त्रिपालमुनिको बसाइ र बढ्दै गएको अत्यधिक चिसोका कारण भूकम्प प्रभावितहरू बढी समस्यामा रहेका र ज्यान गुमाउने तथा सिकिस्त हुने क्रम बढेको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो ।

भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालको ओतमा बस्न बाध्य भएका जाजरकोटका भुकम्प पिडित हिउँदे चिसो आफन्त गुमाएको पिड घरवारविहीन भएको बाध्यताको कहरमा जीवन जिउन बाध्य छन्। सरकारले पहिलो चरणको राहतकाको काम सकेको जानाएको छ । तर त्यो राहतले भुकम्प पिडितको दैनिक सहज हुन सकेको छैन। राहत र पुर्नस्थापनाको कामलाई सरकारले थप प्रभावकारी बनाउनुपर्ने जानकार बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय