सरद बिष्ट
२०७८ फागुन ८ गतेकाे घटना हाे । घटना पनि सपना देखे जस्ताे लाग्छ । आमाकाे पाठेघर सम्बन्धि उपचारकाे लागि चितवन स्थित भरतपुर BPMC Hospital मा अपरेसन सम्पन्न भएकाे थियाे । डा. बिनुमा श्रेष्ठकाे नेतृत्वमा रहनु भएकाे डा. हेमनाथ सुवेदी, डा.मञ्जु पाैड्याल र दुई जना बरिष्ठ स्टाफ नर्स गरि पाँच जनाकाे चिकित्सक टाेलीले आईतबार बिहान ठिक ९:०० बजेदेखि ३:४५ सम्म झण्डै ७ घण्टा लगाएर आमाकाे लामाे र जटिल अपरेसन सफलततपुर्वक सम्पन्न गर्नु भएकाे थियाे ।

डा. बिनुमा श्रेष्ठकाे सल्लाह अनुसार पाठेघर सम्बन्धिकाे अपरेसन भएकाेले सामान्यता याे अपरेसन गर्न गार्‍हो नहुने बताएपनि जब अपरेसन हुँदै गयाे तब बिरामी आमाकाे शरिरमा थप जटिलता र अन्य समस्याहरू देखा पर्दै गयाे। अपरेसनकाे बेला दुई पाेका स्टकमा ब्लड राखेतापनि त्याे दुई पाेकाले पुर्णयता पाएन् । थप रगतकाे आबश्यता पर्दै गएपछि आमाकाे लागि AB+ रगत जुटाउन थप चुनाैति बन्दै गयाे। कुरूवाकाे लागि वा र म मात्रै एक्ले भएकाेले अपरेसन थियटर अगाडि कुरेर बस्ने काे हाेला?,औषधी लिन जाने काे हाेला ? र ब्लड ब्याङ्कमा गएर ब्लड कसरी लिने हाेला ? भन्ने कुराकाे चिन्ता र तनाब बढ्दै गयाे ।

अपरेसन भन्ने कुरा मेजर भएपनि सामान्य नै हाेला जस्ताे लागेकाे थियाे । किनभने आमा भन्दा अघिका पाठेघरका अपरेसनहरू सामान्यता बढीमा ३/४ घण्टा लागेकाेले आमाकाे पनि त्यसै नै हाेला भन्ने लागेकाे थियाे । सबैकाे अपरेसन कम्पयुटर डिस्पेलेमा कम्पिलिट लेख्दा आमाकाे रनिङ नै थियाे । दिनहरू घर्किदै थियाे । समयले जाेडसँग दिउसाेकाे १२ बजाउदा स्टाफ नर्स फुत्त बाहिर निस्केर बिलिडिङ भइरहेकाे छ अझै दुई पाेका ब्लडकाे जम्मा गर्नुहाेस है भन्ने खबर गरेपछि त्यसै त बल्ल बल्ल जाेह गरेर राखेकाे दुई पिन्ट ब्लड अब कसरी लिने भन्ने कुराले सताउन थाल्याे ।

मलाई मकवानपुर हेटाैडाकी बिबिता राना बहिनीले पनि ठुलाे साथ दिएकी थिईन् । चितवन साैराहका मित्र श्रीलाल चाैधरीले ब्लड लिनकाे लागि आफ्नै सवारी साधनमा धेरैपटक राति अबेरसम्म नि:शुल्क सहयाेग गर्नु भएकाे थियाे । ब्लड जुटाउन नै गार्‍हो भईरहेकाे अबस्थामा यामराज शर्मा सरलाई पहिलाे फाेन लगाएर राेएकाे थिए । याम सरले विभिन्न ब्यक्तिहरू सम्पर्कमा ल्याएर ठुलाे सहयाेग गर्नु भयाे । हेमराज बिष्ट सरले चितवनमा रहनु भएका शुभचिन्तकहरूलाई सम्पर्क गराएर सहयाेग गर्नु भयाे। राति अबेरसम्म हेमराज सर र याम सरले आमाकाे हाल खबर साेध्दै आफुलाई धैर्य गर,आफूलाई सम्हाल्न सिक्नुपर्छ भन्दै हामी केही ब्यक्तिकाे फाेन नम्बर पठाउछाै भनेर सम्झाउनु भयाे । मेराे हजुरबुवा जिल्ला रेडक्रस शाखा प्युठानका पुर्ब सभापति गुमानराज पुलामी र मेराे बुढाे मावली तर्फका मामा एबम् पुर्ब हाेटल ब्यबसायी सङ्घका केन्द्रीय सदस्य शिव बहादुर पुलामी मामाले पनि समस्याकाे हल गरिदिन उल्लेखनीय भुमिका निर्बाह गर्नुभयो ।

चितवनमा आफ्नाे ब्यबसाय सञ्चालन गरेर बस्नु भएका प्युठान क्वाडि निवासी राेबर बिष्ट जाे हरि बाबू जि. सी. सरका ससुरा बुबाले ICU Ward मा आएर आमाकाे स्वास्थ अबस्थाबारे बुझ्नु भयाे । मेराे साडु दाई नारायण कार्कीले काठमाडौं बाट फाेन गरेर नारायणगढ मा रहेकाे भाटभटेनी सुपरमार्केटका स्टाफलाई ब्लड डाेनेट गर्न आग्रह गर्नुभयाे । बुटबलबाट हाेमनाथ अधिकारी दाईले चितवनमा रहेका एक मित्रकाे फाेन नम्बर र आर्थिक अभाब भएमा मलाई एक कल फाेन गर्नुहाेला भनेर ठुलाे गुन लगाउनु भयाे । केशब अधिकारी दाइ र रामु बि. सी. ज्वाईले पनि चितवनमा रहेकाे शसस्त्र प्रहरीकाे क्वाटरमा सम्पर्क गरेर अपडेट गराउनु भयाे। रामु अधिकारी ज्वाईले पनि दुईजना डाेनर खाेजिदिएर ठुलाे सहयाेग गर्नु भयाे। NMB Bank चितवनमा शाखाका म्यानेजर राम चन्द्र पाेख्रेल ज्युले पहिलाे ब्लड डाेनर पठाएर आमाकाे ज्यान बचाईदिनु भयाे। गणेश शर्मा सरले मेराे बा आमालाई अघिल्लाे पटक बसपार्क सम्म आफु स्वयम् आएर घरतर्फ गाडि चढाएर पठाउनुभयाे । खुमानन्द खनाल सरले बिरामी वार्डमा गएर बा-आमालाई सान्त्वना दिनुभयाे । वीर ब. राेकाय सरले पनि आमाकाे अपरेसन बेला फाेन गरिरहेर सम्झनु भयो । BPKMCH चितवनमा कार्यरत प्यूठानका डा. मनाेहरलाल श्रेष्ठले पनि ब्लड ब्याङ्कमा ब्लडकाे लागि सम्पर्क गरिदिनु भयाे । मेयर नेत्र ब. राेका क्षेत्री र वडा न ५ का वडा अध्यक्ष हिरामणी भण्डारी अङ्कलले पनि आमाकाे स्वास्थ्यवारे चासाे राख्नु भयाे । दाङ्ग मामाकाे छाेरी भुबनेश्वरी थापा,माधब रावत,मधुसुदन सर,फन सर र बुद्धि प्रकाश दाजी, कृष्ण राेकाय अङ्कल-ताम बहादुर, भाइ बालाराम, फुबु लाेकी खत्री, सारी चित्र बहादुर सानाेबा, सानीमा, मित्र घनश्याम अाचार्य, फुवाजु टिकाराम बुढाथाेकी सारी, ज्वाइँ गणेशमान कालाथाेकी ससुरा बुवा फन प्रसाद भट्टराई सासुआमा हिरादेबी भट्टराई, पारू भट्टराई , सानु छाेरी प्रिन्सु लगाएत अन्य आफन्तहरूलाई पनि बिशेष आभार छ । अनि साली नानी हरिता भट्टराई ले मेराे ब्लड AB पाेजेटिभ हाे भिनाजु आमालाई डाेनेट गर्न म भाेलि बिहान सम्म जसरी पनि आईपुग्छु भन्ने कुराकाे साहस देखाउदा म एक्लाे नभएकाे अनुभुति भएकाे थियाे। लमहीबाट बसन्त भण्डारी मित्र र अष्ट्रेलियाबाट तारा के. सी. दाईले अपरेसनकाे बेला अार्थिक अभाब भएमा तुरून्त सम्पर्क गर्नु भाइ भनेर कल अनि म्यासेज पनि गर्नुभयो ।

चितवनमा रहेर रेष्टुरेन्ट चलाउनु भएका मित्र कुमार बिश्वकर्माले राती ९:०० बजे एक्लै भेट्न र अर्काे दिन बिहानै दुई जना ब्लड डाेनरहरूलाई बाईकमा ल्याउनु भएकाे थियाे। चितवन निवासी यमकला सुनारले पनि ब्लड पुग्याे कि पुगेन भन्दै आमाकाे खबर साेधिरहनु भएकाे थियाे । आमाकाे अपरेसन भएकाे साँझ ठुलाे पानी परेकाे थियाे । ब्लड डाेनर खाेज्न पानीमा भिज्दै बाउ छाेरा रातकाे समयमा विभिन्न ठाउमा पुगेका थियाे ।

चितवनका आत्मिय माेहन अधिकारी सरले आमाकाे उपचारकाे लागि आफू काम बिशेषले काठमाडौं भएपनि ब्लड डाेनरहरूकाे नाम र फाेन नम्बर उपलब्ध गराएर ठुलाे गुन लगाउनु भएकाे छ । मेराे आमालाई ब्लड चाहियाे भन्ने सुचना राखेपछि धेरैले सेयर गर्नु भएकाे थियाे । स्वास्थ्य लाभकाे कामना गर्नु भएकाे थियाे ।

आमालाई अस्पताल आई फ्रेस ब्लड डाेनर गर्नेहरूकाे नामावली यस प्रकार छ :
१) बिबेक अधिकारी (भरतपुर ५ चितवन)
२) सपना गुरूङ्ग (भरतपुर २७, चितवन)
३) रामलाल बराली (भरतपुर ११, चितवन)
४) असाेक बाबू लम्साल (BPKMHC भरतपुरमा कार्यरत )
५) ईश्वर घिमिरे (भरतपुर १२, चितवन)

आमाकाे अपरेसनकाे लागि जम्माजम्मी ६ पिन्ट AB+ र ३ पिन्ट WBC ब्लड रेडक्रस बाट र अन्य फ्रेस ब्लड डाेनरबाट दान भएकाे थियाे । ब्लड डाेनरहरूलाई हार्दिक धन्याबाद छ । अपरेसन पश्च्यात भेन्टिलेटरमा आमाकाे शरीर पनि चिनेन। पुरै शरिर फुल्लिएकाे थियाे । डा. ले २४ घण्टासम्मकाे कन्डिसन हेराै भन्नुभएकाे थियाे । केस अलि किर्टिकल नै थियाे । अर्काे दिन बिहान ५:१४ मा अामा हाेसमा आउनु भएकाे थियाे । अपरेसन टाेलिकाे डाक्टरहरूले अहिले आमाकाे अबस्था ठिकै छ, नआत्तिनुहाेला भन्नु भयाे । आमालाई केही भईहाल्छ कि भन्दै ३ दिनसम्म I.C.U Ward बाहिर चिसाे भुईमा सुतियाे। आमाले झण्डै हप्तादिनपछि केही सामान्य रूपमा बाेल्न, झाेलिलाे पदार्थ पनि खान सक्नुभयाे । त्यस्काे केही दिनपछि मात्र I.C.U. वार्डबाट जनरल वार्डमा सारियाे पनि आमाकाे क्रमिक रूपमा स्वास्थ्यमा सुधार पनि हुँदै थियाे ।आमाकाे राेगकाे सङ्क्रमण र त्यसपछिको केमाेथेरापी उपचार पद्धतिले आमाकाे शरिरले धान्न सकेन । तेति डरलाग्दो भयानक काेभिड महामारी बाट पनि आमाकाे ज्यान बचाएका थियाै । कयौंपटक काेभिड टेष्ट गर्दा पनि रिपोर्ट नेगेटिभ नै आउथ्याे । आमाकाे उपचारकाे लागि लाखका नाेटहरू कति सकिए ? लेखेर हिसाब किताब गर्न मन लागेन्।आमालाई बचाउन हजार काेशिस गर्दा पनि भगवानले सुनेनन्।दैब मेराे लागि खुब निष्ठुरी बने । आमाकाे भाैतिक शरीरले सधैकाे लागि विश्राम लिएर गयाे । आज मातातीर्थ औंशीमा मात्र हैन्।आमाकाे माया, याद र सम्झना सधै आईरहन्छ । आमाकाे काखमा एकछिन भएपनि सिरानी राखेर सुत्न पाए जिन्दगीले पिपलकाे छहारी खाेज्दै जानू पर्ने थिएन्। न आज आमा, न आमाकाे काख केही छैन् । मातातीर्थ औंशीमा आमाकाे धेरै सम्झनाले छाती खुबसँग पाेलिरहेकाे अनुभूति भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय