प्यूठान । यस वर्षको मनसुन प्रणाली आज नेपालको कोशी प्रदेशको पुर्वी भू-भागमा आगमन भएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन छिटो गरि नेपालमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालको अन्य भू- भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको बुलेटिन अनुसरकोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्विनी, कर्णाली र सदूररपश्चिम प्रदेशको थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको छ ।