
प्यूठान । बाहिनिपति ट्रफि-२०८१ अन्तर्गत प्यूठानमा संचालन भएको तेक्वान्दो प्रतियोगितामा बर्द बहादुर गण प्रथम भएको छ । ११ स्वर्ण, १ रजत र १ कास्य सहित बर्द बहादुर गण प्यूठान प्रथम भएको छ ।
बटुकदल गण रोल्पाले १ स्वर्ण, ७ रजत र ३ कास्य सहित द्वितीय स्थान प्राप्त गरेको छ भने चण्डीदल गण रुकुमले २ स्वर्ण, ३ रजत र ९ कास्य सहित तृतीय स्थान हासिल गरेको छ ।
बर्द बहादुर गण खलंगामा संचालन भएको प्रतियोगितामा बिजेतालाई गणपति प्रमुख सेनानी रमेश थापाले मेडेल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रमुख सेनानी थापाले प्रधानसेनापति कप छनौटका लागि बाहिनीपति ट्रफि-२०८१ संचालन भएको जानकारी दिनुभयो । उहाँले मनसिक तथा शारीरिक रुपमा सक्षम बनाउन सेनाले खेलकुदका गतिविधि संचालन गर्दै आएको बताउनुभयो ।
प्रतियोगितामा १९ नम्बर बाहिनी अन्तर्गतका बर्द बहादुर गण, बटुक दल गण, सिद्दिबक्स गण, रणसिंह दल र चण्डीदल गणबाट ६९ जना खेलाडी सहभागी छन । महिला तर्फ ६ तौल समुह र पुरुष तर्फ ८ तौल समुहमा प्रतिस्पर्धा गराईएको थियो ।