पोखरा । पोखरामा जारी केपी ओली कप टि-20 क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई लुम्बिनी प्रदेशसंग ५ रनले पराजित गरेको छ । आइतबार पोखरा क्रिकेट मैदानमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ रनले पराजित गरेपछि एपिएफलाई फाइदा पुगेको हो।

 

लुम्बिनीले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकीले १८ ओभर ५ बलमा ९८ रनमा सिमित हुन पुग्यो । गण्डकीका लागि सुदीप अर्यालले विष्फोटक पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । अर्यालले २४ बलमा ३५ रनको उत्कृष्ट पारी खेले । गण्डकीका कप्तान बिपिन खत्रीले १९ रन, दीनेश बुढामगरले १३ र कमल परियारले ११ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका मुहम्मद हुसेनले ४ र अजय लुनियाले ३ विकेट लिए । रमेश कुल्मीले २ र अविषेक गौतमले १ विकेट लिए ।

 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । लुम्बिनीका लागि ध्रुव सुनार र नार सार्कीले २३-२३ रन बनाए । विराट भण्डारीले १६ र मिर्नल गुरुङले ११ रन जोडे ।
बलिङमा गण्डकीका अमृत गुरुङले सर्वाधिक ३ विकेट लिए । चन्द्र पौडेलले २ र बिपिन खत्री, सुदीप अर्याल र दीनेश बुढामगरले समान १ विकेट लिए ।

समूह बीमा गण्डकी, लुम्बिनीसहित शसस्त्र प्रहरी बल (एपीएफ) थिए । समूह बीमा एपीएफ, लुम्बिनी र गण्डकीको २-२ अंक छ । गण्डकीले एपीएफलाई ४ विकेट र एपीएफले लुम्बिनीलाई ८४ रनले पराजित गरेको थियो ।

गण्डकी पराजित हुँदा अंक बराबरी रहेको एपीएफ रनरेटका आधारमा सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले सेमिफाइनलमा समूह सीका विजेतासंग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय