काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेटमा नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन जोड्यो।

नेपालका लागि कविता जोशीले सर्वाधिक रन जोड्नुभयो। कविता ३१ रनमा अविजित हुनुभयो । सीता रानामगर २६, पूजा महतो २५, सम्झना खड्का ४, कविता कुवर १३, कप्तान इन्दु बर्मा ० र रुविना क्षेत्री ८ रनमा आउट भएका छन् । बलिङमा पाकिस्तानकि सादिया इकबालले सर्वाधिक २ विकेट लिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय