काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा नेपालले भारतलाई ३-२ सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५-१८ जित हासिल गरेको नेपालले दोस्रो सेट २५-१२ ले गुमाउन पुगेको थियो । तेस्रो सेट २५-१७ ले जित निकाल्दै अग्रता लिएको नेपालले चौथो सेट २५-१८ ले गुमाउन पुग्यो । पाचौं सेटमा १५-१३ ले जित निकाल्दै नेपालले इतिहास बनाएको हो।