प्यूठान । नेपाल खेलकुद महासंघ प्यूठानको तेश्रो जिल्ला अधिवेशन शनिवार विजुवारमा सम्पन्न भएको छ । अधिवेशनले पुरन खड्काको अध्यक्षतामा २७ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गरेको छ ।
जसको उपाध्यक्ष विक्रम मगर र सुरेन्द्र विष्ट, सचिव सिर्जन पोख्रेल, सहसचिव मनबहादुर घर्तिमगर र सुनिल पुन रहनुभएको छ ।
केन्द्रीय सचिव प्रनिर अधिकारीको प्रमुख आतिथ्यता र नेकपा (एमाले) प्यूठानका अध्यक्ष विजयविराज विष्टको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।