प्यूठान । नेपाली काङ्ग्रेसका नेता रोज राणा (सरोज थापा) ले कार्यकर्तालाई गुटको पछी नलाग्न आग्रह गर्नुभएको छ । आज जुम्रीमा आयोजित कार्यक्रममा नेता थापाले पदको लागी नेताहरूबीच कहिलेकाही झगडा भएपनि पार्टीको लागि लडेका कार्यकर्ता त्यसमा नमुछिन उहाँले आग्रह गर्नुभएको हो ।
“हामीहरू पदको लागि कहिलेकाही यसो झगडा पनि गर्छौं,” नेता थापाले भन्नुभयो,”हाम्रो झगडामा तपाईंहरु नमुछिनुहोला, हामी पदको लागि लडिरहेका मान्छेहरुसंग तपाईं पार्टीका लागि लडिरहेका मान्छेहरु नमुछिनुहोला । नेता थापाले पार्टीलाई गुटकोरुपमा अघि नबढाउन आग्रह गर्दै कमी कमजोरी सच्च्याएर जानुपर्ने बताउनुभयो ।
प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री थापाले आफ्नो यही कार्यकालमै प्यूठानको मुहार बदल्ने बताउनुभयो। अहिले बजेट निर्माण पछि आफू मन्त्री भएकोेले धेरै सम्बोधन गर्न नसकेपनि आगामी कार्यकाल प्यूठानका लागि सुखद हुने दावी गर्नुभयो ।



S.K. Creative Media Group