प्यूठान । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले प्रदेशभरका जिल्लामा अलपत्र र अधुरो खानेपानी योजनालाई पुरा गर्ने गरी मन्त्रालयले योजना अघि बढाएको बताउनुभएको छ । प्रेस युनियन प्यूठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले अधुरा र अलपत्र योजनाको अबस्थाबारे डिभिजन कार्यालयसंग जानकारी लिन थालिएको बताउनुभयो ।

खानेपानीको सुबिधा मात्र नभएर स्वच्छ खानेपानीको ब्यबस्थापन गर्नुपर्छ भन्नेमा आफु सचेत रहेको उहाँले बताउनुभयो । १२ जिल्लामा एक सय ६८ खानेपानी योजना यो वर्ष पुरा हुने उहाँको भनाई छ । रोल्पा, बर्दिया र नवलपरासीमा खानेपानी डिभिजन कार्यालय स्थापना गरिएको समेत जानकारी गराउनुभयो ।

मुख्यमन्त्री बन्ने विषय सोचेको छैन
दोस्रो पटक मन्त्री बन्नुभएका थापाले आफ्नो कार्यकाल सफल बनाउने उदेश्यका साथ कृयाशिल भएको बताउनुभयो । जिल्लाको बिकासलाई गति दिनेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । आगामी कार्यकालमा मुख्यमन्त्री बन्ने चर्चा छ नि भन्ने पत्रकारको प्रश्नमा उहाँले मुख्यमन्त्री बन्ने विषय अहिले नसोचेको बताउनुभयो ।

पार्टी बलियो बनाउन गुट हटाउन पर्छ
काङ्ग्रेस नेता थापाले पार्टीलाई बलियो बनाउन पार्टी भित्रको गुट हटाउनुपर्ने बताउनुभयो । उहाँले आगामी चुनाव एक्लै लड्ने भएकाले पार्टी एक ढिक्का भएर अगाडी बढ्नुपर्ने उहाँको धारणा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय