प्यूठान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को २० औं जिल्ला सम्मेलन बिहिवार सप्पन्न भएको छ । सम्मेलनले केशव बुढाथोकीको अध्यक्षतामा १५ पुर्ण ४ बैकल्पिक गरि १९ सदस्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष साबित्रा नेपाली, सचिब लक्ष्मण पुन, सह-सचिब सचिन कुवर, कोषाध्यक्ष सबिन बस्नेत रहनुभएको छ । सम्मेलनले ४ जना सल्लाहकार समिति गठन गरेको छ । सम्मेलनमा संगठनले गरेका गतिविधि सहितको प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन व्यापक छलफल सहित पारित भएको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि अखिल छैठौंका केन्द्रिय सचिवालय सदस्य चोप बहादुर बिकले शैक्षिक आन्दोलन सुधार र शिक्षामा देखिएको बिकृतीको विरुद्ध छैठौंले निरन्तर आवाज उठाउदै आएको बताउनुभयो ।

सम्मेलनमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण खड्का, लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्री, नेकपा मसाल लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी, प्युठानका प्रवक्ता राम पहाडी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय