दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङ दंगिशरण गाउँपालिका-३ चखाैरा स्थित थारु सांस्कृतिक संग्राहलयकाे अवलाेकन गर्नु भएको छ ।

 

पश्चिम नेपालका थारु समुदायकाे कला, संस्कृति, रिति रिवाज, भेषभुषा सहित परम्परागत रुपमा प्रयाेग हुदै आएका तर, हाल लाेप हुने अवस्थामा पुगेका बस्तुहरु संरक्षण गरेर राखिएको छ । पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी संरक्षक रहेकाे याे संग्राहलयमा थारु समुदायकाे जन्म, मृत्यु, विवाह लगायतका संस्कार संग जाेडिएका परम्पराहरुलाइ चित्र, मुर्ति, गरगहना, भेषभुषाबाट चित्रण गरिएको छ ।

 

पछिल्ला दिनमा विद्यार्थी तथा थारु कला, संस्कृतिकाे साेधकर्ताहरुकाे आकर्षणकाे थलाे बन्दै गएकाे छ । विद्यार्थीहरु थारु समुदायकाे संस्कार अध्ययन गर्न आउने गरेकाे थारु सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चाैधरीले जानकारी दिनुभयाे । संग्रहालय अवलाेकन गर्न भाैतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, शहरी विकास तथा खानेपानी मन्त्री सराेज थापा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय