प्यूठान । जिल्लाको नमस्ते प्यूठान यातायात प्रा.लि.ले नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ्ग खुला गर्ने भएको छ । प्रालिले असोज १६ गतेदेखि अग्रिम टिकट बुकिङ्ग खुला गर्ने निर्णय गरेको कार्यालय प्रमुख दिल बहादुर दसौदीले जानकारी दिनुभयो ।
प्रालिको संचालक समितिको बैठकले काठमाडौं –प्यूठानका लागि अग्रिम टिकट बुकिङ्ग खुला गरिने कार्यालय प्रमुख दशौदीले जानकारी दिनुभयो । प्रालिले अहिले काठमाण्डौका लागि एसी र डिलक्स बस सञ्चालन गर्दै आएको छ । प्यूठानको मच्छी र बाग्दुलाबाट काठमाण्डौका लागि बस छुट्ने गर्दछ । बाग्दुलाबाट ५ बजे एसी बस र ५ः३० बजे डिलक्स बस छुट्ने दसौदीले जानकारी दिनुभयो ।



S.K. Creative Media Group