प्यूठान । नेपाल प्रहरीले १४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सहित १४३ डीएसपीको सरुवा भएको छ ।
डीएसपीहरु सरुवा हुँदा केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाको जिल्ला प्रहरी कार्यालय दाङ सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानमा दिपेश बस्यालको सरुवा भएको छ ।



S.K. Creative Media Group