प्यूठान । सरूमारानी गाउँपालिका-४ डाङसिङ निवासी कृष्ण बहादुर थापा मगरकाे भिरबाट लडेर ज्यान गएको छ ।
सडक डिभिजन प्यूठान अन्तर्गत सडक मजदुरको रुपमा कार्यरत मगरकाे काम सकेर घर फर्किने क्रममा लडेर ज्यान गएको हो ।
“हिजाे घर नपुकाेपछि राती खाेज तलास गरिएको थियो,” वडा अध्यक्ष चिन्त सोमैले भन्नुभयो,”आज दिउँसो १२:३० बजे भिरमा मृत भेटिएको हाे ।”
५१ वर्षीय मगरको शव पोष्ट मार्टम गर्न जिल्ला अस्पताल लगिएको छ । २ बर्ष अगाडि मगरकाे श्रीमतीको पनि घाँस काट्न जादा भिरबाट लडेर मृत्युु भएको थियो ।



S.K. Creative Media Group