दाङ । सूचनाको हकका लागि राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । दाङको लमही सप्पन्न अधिबेशनले हेमन्त कर्माचार्य (बाँके)को अध्यक्षतामा प्रदेश स्तरीय १७ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्ष राधा बस्नेत(रुपन्देही), दिपक पोख्रेल (पाल्पा), महासचिव सन्तोष कुमार गुप्ता (दाङ), सचिब रुद्र सुबेदी (बाँके), सचिब महादेव खरेल (गुल्मी), कोषाध्यक्ष पप्पु रेग्मी(नवलपरासी) रहनुभएको छ । सदस्यमा बिजय सिंह भारती (प्यूठान), गोबिन्द खनाल (अर्घाखाँची), भरत विश्वकर्मा (रोल्पा), पवित्रा सुबेदी (रुकुम पुर्व), सोना कुमाल (दाङ), अर्जुन बेलवासे (कपिलवस्तु), शरण कर्माचार्य (बाँके), बिदुर एमसी (दाङ), सृजना थारु(बर्दिया), राकेश मिश्र (बाँके) रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सूचनाको हकका लागि राष्ट्रिय महासंघ केन्द्रीय अध्यक्ष उमिद बागचनले राज्यले बनाएको सूचनाको हक सम्बन्धि कानुनलाई कार्यान्वयन गराउन महासंघ लागेको बताउनुभयो । सूचनाको हकको सवालमा जनतालाई जगरुक बनाउने उदेश्य लिएर महासंघ अघि बढेको उहाँले बताउनुभयो ।
भ्रस्टाचार न्यूनीकरण गराउन सूचना माग्ने बानीको बिकास गर्न जरुरी रहेको उहाँको भनाई छ । सूचना माग्ने र दिने सहज वातावरण बनाउन भूमिका खेल्न सबै नागरिक र अभियन्तालाई आग्रह गर्नुभयो ।
अहिलेसम्म सुदुरपश्चिम प्रदेश, कोशी प्रदेस, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा समिति गठन भएको बताउनुभयो । २०७४ मा अभियान शुरु भएपनि २०७८ मा महासंघ दर्ता भएको जानकारी दिनुभयो । महासंघ अन्तर्गत ४३ जिल्लामा समिति गठन भएको उहाँको भनाई छ ।