प्यूठान । जिल्लामा घरपालुवा तथा सडकमा रहेका कुकुरलाई रेबिज रोग विरुद्धको खोप लगाईएको छ । एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय प्युठानले बजारहरुमा पुगेर कुकुरलाई खोप लगाएको छ ।
रेबिज रोग नियन्त्रणका लागि नि:शुल्क खोप अभियान चलाएको कार्यालय प्रमुख उमेशचन्द्र श्रेष्ठले बताउनुभयो । बिश्व रेबिज दिवसको अवसरमा सप्ताहब्यापी खोप तथा सचेतनामुलक कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।
असोज ६ गतेदेखि शुरु गरिएको अभियान शनिबारसम्म चलेको हो। आजसम्म १४० वटा कुकुरलाई भ्याक्सिन लगाईएको छ । घरमा पालिएका कुकुरलाई सहजै रुपमा खोप लगाउने गरिएको र सडकमा रहेका कुकुरलाई नियन्त्रणमा लिएर खोप लगाइएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । अभियान टोलीमा पशु चिकित्सक डाक्टर गणेश पुन सहित प्राबिधिक टोली खटिएको उहाँले बताउनुभयो । मल्लरानी गाउँपालिका, प्युठान नगरपालिका र माण्डवी गाउँपालिकाक बिभिन्न ठाउँमा पुगेर खोप लगाइएको कार्यालयले जनाएको छ ।
कार्यालयले यसअघि सडकमा रहेका छाडा कुकुरको बन्ध्याकरण गरेको थियो । जिल्लाभरबाट कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको कार्यालयले जनाएको छ ।




S.K. Creative Media Group