प्यूठान । नमस्ते प्यूठान यातायात सेवा प्रा.लि ले काठमाडौंदेखि
प्यूठानका लागि थप बस चलाउने भएको छ । गृह जिल्ला फर्किने यात्रुहरुको चापको मध्यनजर गर्दै नियमित बाहेक थप बस सेवा संचालन गर्न लागेको प्रालिले जनाएको छ ।

“दुईवटा गाडी नियमित चलिरहेको छ,” कार्यालय प्रमुख दिल बहादुर दसौंदीले भन्नुभयो,”३ दिन थप गाडीको व्यबस्था गर्दैछौं ।” कुनै पनि अतिरिक्त शुल्क नलिएर असोज २०, २२ र २४ गते थप गाडीको ब्यबस्था गरिने उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय प्यूठानमा असोज १५ गते बसेको बैठकमा सरकारले तोकेको मुल्य भन्दा अतिरिक्त शुल्क लिन नपाउने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी सहित स्वर्गद्वारी गौमुखी यातायात प्रा.लि. र नमस्ते प्यूठान यातायात सेवा प्रा.लि. सहितको बैठकमा नेपाल सरकारले तोकेको शुल्क मात्र लिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमा सुबेदी आचार्यले बताउनुभयो । ” सरकारले तोकेको मात्र भाडा लिन पाईन्छ,” उहाँले भन्नुभयो,”बढी भाडा लिन पाईदैन ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय