
सरद बिष्ट
काठमाडौं । एसईई परीक्षा-२०८० मा सर्वाधिक अंकका साथ प्यूठान जिल्ला प्रथम भएका अच्युत पुडासैनी राजधानी काठमाडौँमा आयोजित एक कार्यममा सम्मानित हुनुभएको छ । विभिन्न बिधामा उत्कृष्ट ७ जना प्रतिभाहरूलाई आयाेजकले पुरस्कार तथा सम्मान गरेकाे थियाे ।
माण्डवी युवा समाज काठमाडौंले दशै, तिहार र छठ पर्व-२०८१ को उपलक्ष्यमा राष्ट्रिय समाचार समितिको सभाहलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्मान गरेको हो ।
अच्युत प्यूठान स्थित लाेक चेतना एकेडेमी, भिङ्ग्रीमा अध्ययनरत बिधार्थी हुनुहुन्छ । एस. ई. ई -२०८० मा ३.९५ जि.पि.ए. ल्याएर प्यूठान जिल्लामा प्रथम हुनुभएको थियो ।
हाल अच्युत सेन्ट जेभियर्स कलेज थापाथलीमा अध्ययनरत हुनुहुन्छ । कार्यक्रममा अमर माध्यमिक विद्यालय भिंग्रीका पूर्वप्रधानाध्यापक मीनराज सुवेदी लगाएत विभिन्न अग्रज ब्यक्तित्वहरूले शुभकामना ब्यक्त गर्नुहुँदै काठमाडौंमा रहेका माण्डवी क्षेत्रका तमाम जनहरु एकजुट हुनुपर्ने विचार ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम समाजका अध्यक्ष घनश्याम रिजालको सभापतित्वमा भएको थियो भने कार्यक्रमकाे सहजीकरण कमलप्रकाश कालाथोकीले गर्नु भएकाे माण्डवी युवा समाजका सचिव धनिराम खनालले जानकारी दिनुभयो ।