सरद बिष्ट
भिंगृ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ तापा निवासी नेत्रलाल गाेराथाेकीले आफ्नाे ब्यक्तिगत लगानीमा बेलबासकाे काेटघरमा प्रबेशद्वार (गेट) निर्माण गर्नुभएकाे छ । स्वर्गीय बुबा पुर्ख वहादुर गाेराथाेकी र आमा देवी गाेराथाेकीको सम्झनामा उहाँले गेट निर्माण गर्नुभएको हो ।
आफ्नाे पुर्खाहरूले मान्दै आएकाे काेटघरकाे संरक्षण अपरिहार्य भएकाेले आफूले लगानी गरेकाे उहाँकाे भनाई छ । झण्डै अढाई लाख लगानी गरेर निर्माण गरेकाे प्रबेशद्वार र काेटघरकाे रङ्ग राेगन आफ्नै लगानीमा गरेको उहाँको भनाई छ । काेटघरलाई अझ थप सुन्दर बनाउनकाे लागि भबिष्यमा थप लगानी गर्दै जाने गाेराथाेकीले जानकारी दिनुभयाे ।
बिजयादशमीकाे अघिल्लाे दिन नवमीमा सराय नाच्ने, मेला लाग्ने, पञ्चवल हाल्ने, बलि दिने गरिन्छ ।




S.K. Creative Media Group