दाङ । लागु औषध अफिम सहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । रुकुम पुर्व पुथाउत्तरगंगा गाउँपालिका-४ बस्ने ३७ वर्षीया सुविन्द्र पुन, सोही ठाउँका ५१ वर्षीय चेतन बुढा र रुकुम पुर्व भुमे गाउँपालिकाका४२ वर्षीया बिनी पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

घोराही उप-महानगरपालिका-१८ मसिनामा लागु औषध (अफिम) बोकी हिडि रहेको अबस्थामा सुबिन्द्र पुन र चेतन बुढालाई प्रहरी नायब उपरीक्षक इश्वर थापाको कमाण्डमा १० जनाको प्रहरी टोली नियन्त्रणमा लिएको हो । शरीर खानतलासी गर्दा सुबिन्द्र पुनको साथबाट २ पोका भित्र लागु औषध ( अफिम ) जस्तो देखिने कालो लेदो पदार्थ फेला पारी बरामद गरीएको थापाले बताउनुभयो ।

पक्राउ परेका ब्यक्तिले उक्त लागु औषध बिनी पुनबाट खरिद गरी ल्याएको बताएपछि पुनको डेराकोठामा गई कोठा भान्सामा बोरा तथा प्लाष्टिक भित्र लुकाई छिपाई गरी राखेको लागु औषध (अफिम)जस्तो देखिने खैरो कालो पद्धार्थ र लागु औषध (चरेश) जस्तो देखिने कालो पद्धार्थ समेत फेला पारेको थापाले जानकारी दिनुभयो । चरेश जस्तो देखिने ३८ किलो ९७२ ग्राम र अफिम जस्तो देखिने ११ किलो १८० ग्राम सहित प्याकिङ गर्ने सामग्री बरामद गरिएको थापाले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय