प्युठान । जिल्लामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको भित्रिकाेट दाैडको उपाधी नाैबहनी-१ स्याउलिवाङका ४७ वर्षिय दामाेदर बुढाले हासिल गरेका छन् । शुक्रबार बिहान भएको दौड प्रतियोगितामा बुढाले ९ किलोमीटर दुरी ५३ मिनेट ११ सेकेन्डमा पार गर्दै उपाधी हासिल गर्नुभएको हो ।
त्यस्तै दाेश्राे नाैबहिनी-४ खबाङका १८ वर्षिय मुकेश सुनारले प्राप्त गर्नुभयो। उहाँले ५६ मिनेट ८ सेकेन्डमा निर्धारित दुरी पार गर्नुभएको थियो। तेस्रो प्युठान नगरपालिका-७ धरमपानीका १८ वर्षिय सुवास केसी, ६० मिनेट ५६ सेकेन्ड, चाैथाे प्युठान नगरपालिका-५ जुम्रिकाँढाका १६ वर्षिय, १ घण्टा ७ मिनेट १७ सेकेन्ड, पाँचौ प्युठान नगरपालिका-७ टिकुरी १८ वर्षिय गंगे परियार १ घण्टा ८ मिनेट ३० सेकेन्डमा निर्धारित दुरी पारगर्दै बिजेता भएको रेफ्रि तेजमणी पाैडेलले जानकारी दिनुउभयो ।
जिल्लामा रहेको ऐतिहासिक भित्रिकाेटको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्ष देखि नियमित रुपमा दशैंकाे अष्टमिका दिन दौड प्रतियोगिता हुँदै आएको आयोजकले जानकारी दिएको छ । दौडमा सहभागी हुनेले विजुवार देखि भित्रिकाेट सम्म ९ किलोमिटर दुरी पार गर्नुपर्ने हुन्छ।
प्युठान नगरपालिका-७ काे आयोजनामा भएको कार्यक्रमको उद्घघाटन नगर उपप्रमुख देवेन्द्र वर्माले गर्नुभएको थियो । पहिलो देखि १० आैं स्थान सम्म हासिल विजेतालाई पुर्णिमाकाे दिन आयोजना गरिने डल्ले सराँय प्रतियोगिताको सम्मान कार्यक्रममा पुरस्कार प्रदान गरिने वडा नम्बर ७ का वडाध्यक्ष नेत्र केसीले बताउनुभयो ।



S.K. Creative Media Group