काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ । निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।
आइतबार अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसर पारेर आजैको दिन देखि लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरुको लागि हरेक आन्तरिक उडानमा पहिलो दुई जना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको निगमले एक सूचना मार्फत जानकारी दिएको छ।
सो सुविधा लिनको लागि सम्बन्धीत यात्रुले आफ्नो सक्कल परिचयपत्र सहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने जनाएको छ ।



S.K. Creative Media Group