दाङ । दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराती जिल्लाको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा भएको टिप्पर दुर्घटनामा परि टिपर चालक गढवा गाउँपालिका–७ निवासी अन्दाजी २९ वर्षीय प्रभु चौधरीको घट्नास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिनुभयो ।

घोराहीबाट तापातर्फ चुनढुँगा लिन जाँदै गरेकोे रा १ ख १८५७ नम्बरको टिपर घोराही-तापा सडकखण्ड अन्तर्गत जुम्लेपानी भन्ने ठाउँमा करिब एक सय मिटर तल खसेर दुर्घटना भएको डिएसपी थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय