प्यूठान । गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशैतिहारको अवसरमा वडा स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता संचालन भएको छ । ठुलाबेसी सामुदायिक बिकास मन्चले आयोजना गरेको कार्यक्रमको गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले उद्घाटन गर्नुभएको हो ।
खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितासँगै खुल्ला गौमुखी प्रथम आइडल डान्स प्रतियोगिता र अन्य सांस्कृतिक कार्यक्रम तय गरिएको छ । प्रत्येक वर्ष संचालन गर्दै आएको कार्यक्रमलाई गौमुखि गाउँपालिका मुख्य प्रायोजक रहने तथा अन्य संघ सस्था, ब्यक्ति, व्यावसायिबाट सहयोग संकलन गरि कार्यक्रम संचालन गरिएको ठुलाबेसी सामुदायिक विकास मञ्चका अध्यक्ष केशव के.सी.ले बताउनुभयो ।
पुरुष भलिबल तर्फ २० टीम र महिला तर्फ सात टीम सहभागी छन । पुरुष भलिबलतर्फ प्रथम पुरस्कार ६१ हजार १११, दित्तिय पुरस्कार ४१ हजार १११, तृतीय पुरस्कार २१ हजार १११ र शान्त्वना पुरस्कार ११ हजार १११ रहेको छ ।
महिला भलिबल तर्फ प्रथम पुरस्कार २२ हजार २२२, दित्तिय पुरस्कार १५ हजार १५१, तृतीय पुरस्कार ९ हजार ९९९ र शान्त्वना पुरस्कार ५ हजार ५५५ रहेको छ ।



S.K. Creative Media Group