दाङ । तुलसीपुर उपमहानगरपालिका ३ साततलेमा आज बिहान साढे ३ बजेतिर जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पाको कोईलाबाट तुलसीपुर जाँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याब जीप दुर्घटनामा परी जिप चालक दंगिशरण गाउँपालिका ४ बैबाङका २२ वर्षीय हिरामणी बुढामगर र सल्यान कपुरकोट गाउँपालिका ६ का १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको हो ।

दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । जिप सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिपमा ५ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अरू तीन जना गम्भीर घाइते भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । दुर्घटनामा परी सल्यान कपुरकोट गाउँपालिका ६ का ३१ वर्षीया देवा वली, उहाँको छोरा १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वली गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । तीनै जनालाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज नर्सिङ होममा रिफर गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय