काठमाडाैँ । साफ माहिला च्याम्पियनसिपमा पेनाल्टी शुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मध्यान्तरपछिको खेलमा भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल जारी साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो ।

पाँच पटकको विजेता भारतलाई सेमिफाइनलमा नेपालले पेनाल्टी शुटआउटमा ४-२ गोलले हराएर इतिहास बनाएको छ । नेपालका लागि सावित्रा भण्डारी र भारतका लागि सङ्गीता बस्फोरेले गोल गरेपछि निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

खेलको ७१ औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले लगत्तै गोल फर्काए पनि रेफ्रीले त्यसलाई मान्यता नदिएपछि खेल एक घण्टाभन्दा धेरै समयसम्म रोकिन पुगेको थियो । त्यसपछि रेफ्री, म्याच कमिस्नर लगायतले छलफल गरेपछि खेल शुरू भएको हो । यसअघि खेलको ५० औं मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाउँदै बाहिरिएपछि पनि खेल केही बेर रोकिएको थियो ।

नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन । त्यसपछि खेल रोकिएको थियो । रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् । अब नेपालले उपाधिका लागि आउँदो बुधवार बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय