रिजन गिरी, प्यूठान । वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आज समापन भएको छ । झिमरुक गाउँपालिका वडा नम्बर ६ को मर्कावाङ स्थित गोयलिचौर खेल मैदानमा आइतबारदेखि सुरु भएको खेल आज सोमबार समापन गरिएको हो ।

झिमरुक गाउँपालिका ६ नम्बर वडा कार्यालयको आयोजनामा संञ्चालन गरिएको वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा वडाभरका १५ टिम सहभागी रहेका थिए । शुभ दिपावली तथा दिपावलीको पावन उपलक्ष्यमा वडाले खेलकुद कार्यक्रमको आयोजना गरिएको हो।

प्रतियोगितामा प्रथम मर्कावाङ युवा क्लबको समुह, द्धितिय चिचिण्डे समूह, तृतीय धगे समुहका खेलाडी बिजयी भएका छन् भने सान्त्वना घगेको “बि” समूहले हासिल गरेको वडा सचिब राम कुमार चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार भलिबल प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने सम्पुर्ण खेलाडी टिमलाई क्रमश नगद २१ हजार ५ सय,१६ हजार ५ सय र ११ हजार ५ सय नगद सहित मेडल र प्रमाणपत्र प्रमुख र विशेष अतिथिबाट हस्तान्तरण गरिएको बताउनुभयो।

त्यस्तै सान्त्वना हुनेलाई ६ हजार ५ सय नगद पुरस्कार मेडल र प्रमाणपत्र उपलब्ध गराइने छ । उत्कृष्ट खेलाडी चिचिण्डेका देबेन्द्र पुन र अनुसाशित खेलाडी मर्कावाङका मधु नगरकोटी छनोट हुनुभयो । उहाँहरुलाई नगद १ हजार ५ सय रुपैया, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

खेलको समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले गाउँ गाउँमा रहेका खेलाडीलाई खेल क्षेत्रमा आकर्षक बनाउदै लगानीको दायरा फराकिलो बनाउनुपर्ने बताउनुभएको छ । खेलाडी राष्ट्र गौरव भएकोले वडा तहबाट खेल क्षेत्रलाई व्यवस्थि गर्न सकेमात्र राम्रो खेलाडी उत्पादन गर्न सकिने उहाँले बताउनुभयो।

उपाध्यक्ष पोख्रेलले खेल क्षेत्र व्यक्तिको मात्र नभई वडा, पालिका, जिल्ला हुँदै राष्ट्र र अन्तराष्ट्रिय स्तरमा पुगेर सिंगो देशलाई चिनाउन सक्ने भन्दै अनुशासित तवरले आगामी दिनमा खेल क्षेत्रमा अगाडी बढ्न आग्रह गर्नुभयो । साथै उहाँले खेलक्षेत्रको बिकासमा सक्नेजती सहयोग गर्न समेत तयार रहेको बताउनुभयो ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाले खेलाडिहरुको मनोबल जगाउन यो खेलले थप मद्दत गरेको बताउनुभयो । उहाँले खेलाडीलाई अनुशासित भएर लाग्न सके यो खेत्रमा पनि निकै सम्भावना रहेको बताउनुभयो । बिजयी टिमलाई खेलबाट थप हौसला मिलेको छ। उहाँले भन्नुभयो, “सहभागी सबै खेलाडी टिमलाई अर्कोपटक बिजय हुने मार्ग बलियो बनाइदिएको छ।” सफलताको लागि इच्छाशक्ति, अनुशासन र लगाव निरन्तर हुनुपर्ने बताउनुभयो ।

खेलको मुख्य उद्देश्य भनेको स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्नु र खेलकुदको माध्यमबाट एकता र सद्भावको भावना बढाउनु रहेको वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिनुभयो। यस्ता खाले खेलले गाउँ टोलमा खेलकुदको विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै युवा पुस्तालाई खेलकुदतर्फ थप आकर्षित गर्नमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

समापन कार्यक्रम गाउँपालिका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष प्रमोद पोख्रेलको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाको बिशेष आतिथ्यता रहेको थियो। दुई दिनसम्म चलेको खेलको समापन कार्यक्रममा वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षता रहेको थियो। खेलमा रेफ्रीको भुमिकामा सुनिल खड्का र सागर महतराले गर्नुभएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजीवी, समाजसेवी, स्थानीय खेलाडी, खेलप्रेमी स्थानीय आम नागरिक, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

फोटोहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय