बाजुरा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काल सरकार फेरबदल नहुने बताउनु भएको छ । नेपाल प्रेस युनियन बाजुरा शाखाले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले सरकारको फेरबदलको कुरा गठबन्धन र पार्टीमा समेत नभएको बताउनु भएको हो ।

 

महामन्त्री शर्माले अहिले सरकार फेरबदलको कुरामा जताततै टिप्पणी भइरहेको तर गठबन्धन र नेपाली कांग्रेस पार्टीमा यस विषयमा कुनै कुरा नभएको पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्नुभयो । सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने महामन्त्री शर्माले प्रतिबद्धता जनाउनुभयो । नेपाली काङ्ग्रेस लोकतान्त्रिक पार्टी भएकोले आफु सरकारमा हुँदा पनि गलत कार्यको विरोध गर्ने र राम्रो कामको समर्थ गर्ने उहाँले बताउनुभयो ।

 

पत्रकार सम्मेलनमा महामन्त्री शर्माले पार्टीले आयोजना गर्न लागेको महासमितिको अधिवेशन नेतृत्व चयन नभएर निति बनाउने अधिवेशन भएको प्रष्ट पार्नु भएको छ । महा समितिको अधिवेशनमा नेतृत्वको चयनभन्दा पनि सहि निति निर्माण गर्ने चिन्तामा पार्टीका नेताहरु हुनुपर्नेमा जोड दिनु भएको छ । उहाँले भन्नुभयो, “मिसन ८४ को चिन्ता हैन ८१, ८२, ८३ कस्तो काम गर्ने कसरी राम्रो बनाउने र देशलाई सही दिशामा कसरी पुर्याउने भन्ने चिन्तामा सबै पार्टी शक्ति लगाउनुपर्ने बताउनुभयो।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय