काठमाडौैं । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्व खेल्दैछ । नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो ।
आज बिहान ११ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई १ सय ८ रनले हराएको थियो ।प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु-१९ महिला टि-२० विश्वकपका लागि छनोट हुनेछ । यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।



S.K. Creative Media Group