
प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले एकल महिलालाई भत्ता दिने भएको छ । गाउँपालिका भित्र बसोबास गर्ने एकल महिलालाई भत्ता उपलब्ध गराउने भएको हो ।
गाउँपालिका भित्रका बिबाह नगरी बसेका तथा १२ बर्षदेखी श्रीमान बेपत्ता भइ बसेका एकल महिलाहरुका लागी भत्तादिने निर्णय गरिएको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ४५ बर्ष उमेर पुरा भएका एकल महिलाका लागी मासिक एक हजार रुपैया भत्ताको ब्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत थापाले जानकारी दिनुभयो । चालू आर्थिक वर्षको पुष मसान्तसम्म ४५ बर्ष उमेर पुगेका एकल महिलाले यस्तो भत्ता पाउने उहाँले बताउनुभयो । पालिकाबाट भत्ता प्राप्त गर्न एकल महिलाले कुनैपनि सरकारी सेवा सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिएकाको हुनुपर्नेछ । त्यस्तो सेवा सुबिधा नलिएको एकल महिलालाई गाउँपालिकाले मासिक भत्ताको ब्यवस्था गरेको हो ।
गाउँपालिकाले एकल महिलालाई यस्तो भत्ता दिने निर्णय गरेपछि लामोसमयसम्म भत्ता पाउनबाट बन्चित भएका स्थानीय एकल महिला लाभान्वित हुने भएका छन् ।