प्यूठान । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ चयन हुनुभएको छ । संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई सचेतकमा मनोनयन गर्नुभएको हो ।
यस अघि भदौ ३१ गते सचेतक पदबाट निमा गिरीले राजीनामा दिनुभएको छ । गिरी २०७९ साल चैत २९ गते सचेतक बन्नुभएको थियो । उहाँले करिब १८ महिना गिरीले सचेतकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।