प्यूठान । प्यूठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाको विषय जोडेर नेपाली कांग्रेसले निकालेको प्रेस विज्ञप्तीको नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानले खण्डन गरेको छ । फागुन २ गते नेपाली कांग्रेसका सभापति विष्णु कुमार गिरीले प्रेस विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभा सदस्य थापाले विभिन्न समयमा गलत अभिव्यक्ति दिएको आरोप लगाउनुभएको थियो ।


उक्त विज्ञप्तीको खण्डन गर्दै नेकपा(एमाले) जिल्ला कमिटी प्यूठानका अध्यक्ष विजय विराज विष्टले विज्ञप्ती निकालेर आम जनमानसमा भ्रम उत्पन्न गर्ने ढंगले कांग्रेसले राजनीतिक संस्कार नदेखाएको बताउनुभएको छ । कांग्रेसले उल्लेख गरेका सवै विषयको खण्डन गर्दै तथ्य सहित सवै विषय स्पष्ट पारेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय