प्युठान । झिमरुक गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठनसँगै उक्त समितिलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । सोमबार गाउँपालिकाको सभा हलमा बालिका तथा समावेशी शिक्षा सञ्चालन (गठन तथा सञ्चालन) सम्बन्धि मापदण्ड २०८० अनुसार समिति गठन सहित अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरिएको हो ।

झिमरुक गाउँपालिकामा स्थानीय बालिका तथा समावेशी शिक्षा संजालमा बालिका तथा समावेशी शिक्षा सञ्चालन (गठन तथा सञ्चालन) सम्बन्धि मापदण्ड २०८० अनुसार गाउँपालिका उपाध्यक्ष संयोजक हुने प्राबधान अनुसार पालिका उपाध्यक्ष प्रमोद पोख्रेलको संयोजकत्वमा २४ सदस्यीय समिति गठन गरिएको छ ।

जसमध्ये समितिको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, महिला बालबालिका शाखा प्रमुख, जनप्रतिनिधि, स्थानीय बाल क्लब, अपांगता भएका बालबालिका, बालबालिका क्षेत्रमा काम गर्ने संघ संस्था, सामुदायिक बिद्यालयका व्यवस्थापन समिति, प्रधानाध्यापक, अभिभावक संघ, स्थानीय प्रहरी, सञ्चारकर्मी, शिक्षक अभिभावक संघका प्रमुख तथा प्रतिनिधि रहने व्यवस्था रहेको छ । समितिको सदस्य सचिब शिक्षा शाखा प्रमुख पुष्प राना रहनुभएको छ ।

कार्यक्रममा उपाध्यक्ष पोख्रेलले पालिका भित्र बिद्यालय बाहिर रहेका बालबालिका तथा सीमान्तकृत समुदायको पहिचान गरि उनीहरूलाई शिक्षाको पहुँचमा ल्याउने उदेश्य सहित काम थालनी गर्ने बताउनुभयो । गुणस्तरीय शिक्षालाई महत्त्व दिदै निशुल्क शिक्षा, सबैलाई शिक्षामा पहुँच र निरन्तर सहभागिताको लागि आवश्यक पहल लिने बताउनुभयो ।

पालिका भित्र शिक्षाको पहुँचबाट कुनैपनी बालबालिका छुट्न नहुने भन्दै उहाँले थप कार्ययोजना बनाएर अगाडि बढ्ने जानकारी दिनुभयो । त्यसको लागि सबैको सहकार्य र समन्वय जरुरी रहेको स्पष्ट पार्नुभयो ।

पालिकामा रहेका बालिका, अपांगता भएका तथा सीमान्तीकृत बालबालिका शिक्षाको सुनिश्चितताको पहुँच, सहभागिता र सिकाइ उपलब्धिमा सुधार गर्न योजना तर्जमा तथा कार्यान्वयनमा सहजीकरण गर्ने उदेश्यले यो समिति गठन गरिएको पालिका शिक्षा शाखा प्रमुख पुष्प रानाले जानकारी दिनुभयो ।

झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा झिमरक गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसी, वडा नम्बर ५ का वडा अध्यक्ष दधिराम पोख्रेल, कार्यपालिका सदस्य तुलसा केसी, पत्रकार, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षाक, अभिभावक, बाल क्लवमा आवद्ध बालबालिका, विद्यार्थी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सहजीकरण शिक्षा शाखा प्रमुख पुष्प रानाले सहजीकरण तथा कार्यक्रम बारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय