
काठमाडौं । गायक एवम् वरिष्ठ सङ्गीतकार योगेश वैद्यको निधन भएको छ । ७७ वर्षीय वैद्यको गएराति साढे १२ बजे काठमाण्डाै भ्याली अस्पतालमा निधन भएको हो ।
हिजो उहाँको स्वास्थ्यमा समस्या भएपछि बेलुकी अस्पताल लगिएको थियो । लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त हुनुहुन्थ्यो ।
गएको माघ १ गते मात्रै उहाँलाई गंकी धुस्वां–वसुन्धरा प्रतिष्ठानद्वारा ‘धुस्वां सायमी सिर्जना पुरस्कार’ प्रदान गरिएको थियो । उहाँका नेपाली र नेपालभाषामा थुप्रै लोकप्रिय गीतहरू छन् । उहाँका ‘सपना भुलाइ सारा आँशु लिएर जाऊ‘’, ‘मेरो आँशुमा नहाँसे‘.’, ‘नेपाल मेरो उपहार भो‘’ लगायतका गीतहरू लोकप्रिय छन् ।